पुल भत्किएपछि हिंडडुलमा पनि समस्या

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका अन्तर्गत पर्ने बेल्ही–मल्हनिया सडकखण्डको पुल भत्केको दुई साता बितेको छ । तर पुर्ननिर्माण कार्य अझ सूचारु हुन नसक्दा स्थानियलाई समस्या भएको छ । बेल्हीस्थित राजविराज भन्सार कार्यालय हुँदै मल्हनिया र हनुमाननगर बजार जोड्ने उक्त पुल भत्किएपछि यातायात ठप्प मात्र होइन, पैदल आवागमन पनि जोखिमपूर्ण भएको छ ।

कात्तिक १ गतेदेखि तीन दिनसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले उक्त पुल र सडकको करिब १५ मिटर भाग बगाएको थियो । भत्केको सडक र पुलबाट जोखिम मोलेर पारी जान खोज्दा पैदलयात्रु हनुमाननगर कंकालिनी नगरपालिका ९ का २३ वर्षीय लालु भन्ने दिपेन्द्र मण्डलको कात्तिक ३ गते बगेर ज्यान गएको थियो । तर पनि भत्किएको सडक र पुलको पुर्ननिर्माण कार्य सुरु हुन नसकेको स्थानियको गुनासो छ । अहिले पानी सुकेपछि सडक विभागले कुनै चासो नदिदा आवागमन ठप्पै रहेको र आफूहरु समस्यामा परेको स्थानियले गुनासो गरेका छन् । यातायात त ठप्प छँदैछ, अर्कोतिर सडक र पुलको जिर्णोद्धार कार्य सुरु नहुँदा पैदल वारपार गर्न पनि समस्या छ, स्थायिनवासी सत्यनारायण मुखियाले भने । ६÷७ किलोमिटरको दुरीमा मात्र रहेको हनुमाननगर बजार पुग्न अहिले अर्को बैकल्पिक मार्ग राजविराज हुँदै हनुमाननगर २५ किलोमिटरको घुमाउरो बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेको बेल्हीवासीको भनाई छ । स्थानीयले भत्केको पुल र सडक चाडो निर्माण गरि आवागमन सुचारु र सहज बनाउन सरकारसँग माग गरेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस