कक्षा १२ को प्रमाण पत्र विद्यालयमै पाइने

जनकपुर । कक्षा १२ उतिर्ण भएका विद्यार्थीहरूकालागि प्रमाणपत्र सम्बन्धित विद्यालयबाट उपलब्ध हुने भएको छ ।

कोरोना महामारी बढेदै गएका कारण राष्ट्रिय परीक्षा बोर्डमा भिडभाड हुने भएकोले विद्यालबाटै पाउने व्यस्वथा गरिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार बोर्डले प्रमाण पत्र पठाइने र विद्यार्थीले सम्बन्धित विद्यालयबाट लिन सक्ने व्यवस्था मिलाइएको हो ।

सम्बन्धित विद्यालयले आवश्यक दस्तुर र कागजपत्र संकलन गरेर बोर्डमा पठाएपछि प्रमाणपत्र स्कुलमै पठाउने व्यवस्था मिलाइने निर्णय भएको छ । गत मंसिर १७ गते बोर्डले कक्षा १२ को नतिजा  प्रकाशित गरेको थियो । गत भदौ ३० देखि असोज ८ गतेसम्म सम्पन्न भएको परीक्षामा ३ लाख ८५ हजार विद्यार्थीको सहभागीता रहेको थियो ।

 

Author:



क्याटोगरी छान्‍नुहोस