महोत्तरीमा एक व्यक्ति मृत फेला

जनकपुर । महोत्तरीमा एक जना मृत फेला परेका छन् । जलेश्वर नगरपालिका वडा नम्बर ७ को ४२ वर्षीय रामश्रृष्ठ यादव मृत अवस्थामा फेला परेको हो ।

महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर ५ स्थित रहेको पोखरीको छेउमा यादव मृत भेटिएको महोत्तरी प्रहरीले जनाएको छ । पोष्टमार्टमका लागि शव जलेश्वर अस्पताल पठाइएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए ।

उनको मृत्युबारे अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र केही भन्न सकिने आचार्यको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस