कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त

जनकपुरधाम । प्रदेश नं २ मा सञ्चालन हुने कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरिएको छ ।

प्रदेशको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ गते प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए ।

प्रदेश २ को महत्त्वाकाङ्क्षी कार्यक्रम मानिएको कृषि विश्वविद्यालयको स्थापना तथा सञ्चालनको सुरुवातसँगै मंगलबार मुख्यमन्त्री लालबाबु राउतले उपकुलपतिको नियुक्त गरेका छन् । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ निवासी डा. महतो प्रदेश २ का नीति तथा योजना आयोगका पुर्व सदस्य समेत हुन ।

Author:



क्याटोगरी छान्‍नुहोस