स्थानीय तहका १ हजार ६१३ कर्मचारीको सरुवा, को–कहाँ पुगे ?

जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका १ हजार ६१३ कर्मचारीको सरुवा गरेको छ । मंगलबार मन्त्रालयले लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत ती कर्मचारीहरुलाई अन्तर स्थानीय तहमा सरुवा गरेको सूची सार्वजनिक गरेको हो ।

सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले सोमबार पत्रकार सम्मेलनमार्फत लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा सरुवा गर्न लागिएको जानकारी दिए ।

मन्त्रिपरिषदद्वारा स्वीकृत मापदण्ड अनुसार अन्तर स्थानीय तह कामकाजमा खटाउन दुवैतर्फका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतको हस्ताक्षर भएको दोहोरो सहमति पेस गर्नुपर्ने व्यवस्था छ ।

MOFAGA_Notice_20211207021821
Author:



क्याटोगरी छान्‍नुहोस