सप्तरीमा आगोमा जलेर एकको मृत्यु, एक घाइते

गौरा (सप्तरी), १३ पौष । सप्तरीको बोदे बरसाईन नगरपालिका–४ सिल्हटमा गए राति आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

घुरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा ८० वर्षीया मुक्ती राउत (पाल)को मृत्यु भएको हो । भैंसी गोठमा सुतेका राउतको जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिश्टर सिंहले जानकारी दिए ।

सो आगलागीमा परेर राउतकै नाती २५ वर्षीय धर्मदेव पाल पनि समान्य घाइते भएका छन् । आगलागीबाट गोठमा रहेको एउटा राँगा र एउटा भैंसी पनि जलेर मरेको छ भने दुई वटा भैंसी जलेर घाइते भएको प्रहरी निरीक्षक सिंहले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस