स्थानीय तहमा गएका स्वास्थ्यका कर्मचारीलाई फिर्ता नगर्न मन्त्रालयको पत्र

जनकपुरधाम । समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई फिर्ता नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आग्रह गरेको छ।

तलब खुवाउन नसकिने भन्दैं स्थानीय तहहरुले कर्मचारीलाई फिर्ता पठाउन थालेपछि त्यसलाई रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहल थालेको छ।

८ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारीको खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तिय बजेट हस्तान्तरण मार्फत उल्लेख छ। मन्त्रालयले निर्णय गरेसँगै ८ गते नै ७५३ स्थानीय तहहरुलाई नै मन्त्रालयले पत्राचार गरिसकेको छ।

‘समायोजन र समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीहरुको नपुग तलब भत्ता हाललाई यस मन्त्रालयबाट वित्तिय हस्तान्तरणमार्फत बजेट पठाउने,’  स्थानीय तहहरुलाई पठाइएको पत्रमा भनिएको छ, ‘समायोजन मिलान भई गएका कर्मचारीलाई सम्बन्धित तह र निकायमा नै हाजिर गराई जिम्मेवारपूर्वक कामकाज लगाउन हुन यस मन्त्रालयको माननीय मन्त्रीस्तरको मिति २०७९/९/८ को निर्णयअनुसार अनुरोध छ।’

नपुग तलब भत्ता हाललाई  मन्त्रालयबाट वित्तीय हस्तान्तरण मार्फत बजेट पठाइने पत्रमा भनिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780