उप–चुनावः बारा–२ मा ६४ प्रतिशत मतदान

जनकपुरधाम – प्रतिनिधि सभा सदस्यका लागि आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ मा भएको उपचुनाव शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार समग्रमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ । जसअनुसार बारा– २ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएकोे निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

गत मंसिर ४ गते सम्पन्न चुनावमा बारा–२ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन–२ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ–१ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो ।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार बारा–२ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ बजेसम्म, चितवन–२ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य संघको हल, भरतपुरमा राति १० बजेसम्म र तनहुँ–१ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ बजेसम्म ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780