जनकपुरधाम – तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाइरहेका छन् ।
हालसम्म १३ हजार ६५ मतगणना हुँदा वाग्लेले ७ हजार २९३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले तीन हजार २४३ मत पाएका छन् ।
उनी वाग्लेभन्दा करिब चार हजार मतान्तरले पछि परेका छन् । त्यस्तै, नेकपा (एमाले)का उमेदवार सर्वेन्द्र खनाल दुई हजार १३४ मतसहित तेस्रो स्थानमा छन् ।
तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा एक लाख २३ हजार ३०५ मतदाता छन् ।