उप–चुनाव : बारा–२ को मतगणना सुरु

बारा – उप–चुनाव अन्तर्गत बारा–२ को मतगणना कलैस्थित शिक्षा तालिम केन्द्रमा सुरु भएको छ । करैयामाई र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको हो । ती पालिकाका ६, ६ वटा मतपेटिका खोलिएको छ ।

यसअघि मत गणनास्थलमा बस्ने उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मत गणनामा ढिलाई भएको थियो ।

आइतबार भएको उप-चुनावमा कुल १ लाख ५ हजार २ सय ४८ जना मतदाता बारा–२ मा करिब ६४ प्रतिशत मतदान भएको छ । यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

बारा-२ मा कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका र सुवर्ण, देवताल, करैयामाई गाउँपालिका पर्छन्।

Author:



क्याटोगरी छान्‍नुहोस