बारा–२ मा जसपाका उपेन्द्र यादवको सुरुवाती अग्रता

बारा – प्रतिनिधिसभा सदस्य उपचुनाव अन्तर्गत बारा–२ मा जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवले अग्रता लिएका छन् ।

कलैयास्थित शिक्षा तालिम केन्द्रमा भइरहेको सुरुवाती मतपरिणामअनुसार यादवले २२४ मतसहित अगाडी रहेका छन् ।

६७० मत गन्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १७०, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० र आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले १२ मत पाएका छन् ।

आइतबार भएको उपचुनावमा कुल १ लाख ५ हजार २४८ जना मतदाता रहेको बारा–२ मा करिब ६४ प्रतिशत मतदान भएको थियो ।

बारा–२ मा कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका र सुवर्ण, देवताल, करैयामाई गाउँपालिका पर्छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस