तीनकुनेमा झडप, केही घरमा आगजनी र तोडफोड

काठमाडौँ, १५ चैत । काठमाडौँको तीनकुने क्षेत्रको निषेधित क्षेत्र तोड्दै केही प्रदर्शनकारीहरूले केही घरमा तोडफोड र आगजनी गरेका छन्। यस क्रममा आन्दोलनकारी र प्रहरी बीच झडप पनि भएको छ।

राजसंस्थाको समर्थनमा प्रदर्शन गर्दै आएको समूहले आगजनी र तोडफोड गर्दै निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीसँग झडप भएको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक  दिनेश कुमार आचार्यले जानकारी दिएका छन्। “प्रहरीले संयमतापूर्वक आफ्नो कर्तव्य निर्वाह गरेको छ,” उनले भने, “प्रदर्शनकारीहरूले केही घरमा आगजनी र तोडफोड गरेका छन्, क्षतिको विस्तृत विवरण आउन बाकी छ।” झडपको क्रममा केही प्रहरीकर्मी र प्रदर्शनकारी घाइते भएका छन्।

निषेधित क्षेत्र तोड्दै प्रदर्शनकारीहरू अघि बढ्न थाल्दा स्थिति सामान्य बनाउन प्रहरीलाई पानीको छिटा र अश्रुग्यास प्रयोग गर्न परेको थियो। यस क्रममा प्रदर्शनकारीहरूले निजी गाडीहरूको प्रयोग गरी प्रहरीको घेराबन्दी तोड्दै निषेधित क्षेत्रमा प्रवेश गरेका थिए, उनले जानकारी दिएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780