राजविराज, २० असार । सप्तरीमा थप एक जना कोरोना संक्रमितको आइतवार मृत्यु भएको छ । सप्तकोशी नगरपािलका–१ का ५२ वर्षीय संक्रमित पुरुषको थप उपचारको लागि पठाउने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उनका अनुसार उनमा गत शुक्रवार संक्रमण पुष्टि भएको थियो । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट १५२ जनाको मृत्यु भइसकेको निमित्त प्रमुख यादवले बताए । हाल १५० जना सक्रिय संक्रमित छन् ।