कोरोना भाइरसः सप्तरीमा आज पनि ४ जना थपिए, संक्रमितको संख्या ५३५ पुग्यो

राजविराज, २० साउन । सप्तरीमा मंगलवार पनि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ५ सय ३५ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख दुनीयालाल यादवका अनुसार थपिएका संक्रमित चारै जना राजविराज नगरपालिकाकै हुन् । वडा नं.३ का २७ वर्षीय पुरुष, ६ का २१ वर्षीय पुरुष, ९ का ५० वर्षीय पुरुष र वडा नं. १३ का २८ वर्षीय महिलामा संक्रमण पुष्टि भएको प्रमुख यादवले जानकारी दिए ।

गत सोमवार (साउन १९ गते) स्वाब संकलन गरिएका ४६ मध्ये उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस