प्रदेश २ मा सांसदसहित थप १९९ जना संक्रमित थपिए

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप १ सय ९९ जनामा कोरोना भाइरस (कोभिड–१९) प्रदेश २ मा सांसदसहित थप १९९ जना संक्रमित थपिएको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७ महिला तथा १ सय ५२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जसमा सवैभन्दा बढी धनुषामा संक्रमित फेला परेको जनाएको छ । धनुषामा ५४ जना, पर्सामा ३२ जना, सर्लाहीमा २७ जना, रौतहटमा २४ जना, सप्तरीमा २१ जना, महोत्तरी तथा बारामा २०–२० जना र सिरहामा १ जनामा संक्रमित थपिएका छन् ।

योसँगै प्रदेश २ मा कोरोना संक्रमित संख्या ६ हजार ६ सय २७ पुगेको जनाएको छ ।

सांसद डा. यादव संक्रमित

सामाजिक विकास मन्त्रालयका अनुसार संघीय सांसद डा.सुर्यनारायण यादवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी जनकपुरस्थित जानकी हेल्थ केयर सञ्चालन गर्दै आएका छन ।

सो हेल्थ केयरका अन्य ५ जनामा पनि कोरोना पुष्टि भएको हो । जनता समाजवादी पार्टीका सांसद डा. यादव सप्तरी क्षेत्र नं. १ बाट निर्वाचित भएका हुन् । प्रदेश २ मा हालसम्म भाइरसका कारण ३४ पुरुष र ८ महिला गरी ४२ जनाको मृत्यु भइरसकेको मन्त्रालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस