विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड १३ लाखबढी

एजेन्सी । विश्वभरमा २ करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)काअनुसार शनिबारसम्म विश्वभरि कोरोना भाइरस संक्रमणबाट ७ लाख ६३ हजार ३८७ लाखको मृत्यु भएको छ ।

संक्रमितमध्ये हालसम्म १ करोड ४१ लाख ५१ हजार ७६६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ४२ हजार ७३७ व्यक्ति संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ६४ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख ७६ हजार २६६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ७१ हजार ५३५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५१ लाख ५६ हजार ८२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७३ हजार २८३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६४ लाख ५४ हजार ७५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख ४४ हजार ९०७ जनाको मृत्यु भएको छ ।

युरोपमा ३१ लाख २९ हजार ५४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख २ हजार ५०१ को मृत्यु भएको छ । एसिया ५४ लाख ९० हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख १७ हजार १३३ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ११ लाख १ हजार ३४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५ हजार १४३ जनाको मृत्यु भएको छ । ओसियानामा २५ हजार १३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४०५ जनाको मृत्यु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस