जिल्ला प्रशासन कार्यालय सप्तरीमा आईतबारबाट ‘टोकन’ प्रणाली लागु

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीमा आईतबारबाट ‘टोकन’ प्रणाली लागु भएको छ । नयाँ नागरिकता र प्रतिलिपि नागरिकता सम्बन्धी सेवा प्रवाह गर्न कार्यालयमा ‘टोकन’ प्रणाली लागु भएको हो । कोभिड–१९ संक्रमणकै बेला नयाँ नागरिकता प्रतिलिपि नागरिकता लिनेहरुको अत्याधिक चाप बढेपछि ‘टोकन’ प्रणाली लागु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चुडाराज भट्टराईले बताए ।

संक्रमण फैलिनबाट रोक्न तथा स्वास्थ्य सर्तकतासहितको सेवा प्रवाहलाई व्यवस्थित गर्ने प्रयोजनले ‘टोकन’ प्रणाली लागु गरिएको जानकारी दिए । एक दिनमा बढीमा ३ वटा स्थानीय तहका सेवाग्राहीलाई सेवा दिइने भट्टराईले बताए ।

हेर्नुहोस्  सुचना

Author:



क्याटोगरी छान्‍नुहोस