विराटनगर । झापाको दमक नगरपालिकामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । सोही नगरपालिका २ बस्ने पुष्प कुमार राईको छोरा १४ वर्षीय मोहन राईको मृत्यु भएको हो ।
सोही ठाउँमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका अनुसार सो सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।