कृषि क्षेत्रको व्यवसायिकरण, यान्त्रिकरण र आधुनिकरण गर्न १७ करोड ८४ लाख रुपैयाँ

जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारले कृषि क्षेत्रको व्यवसायिकरण, यान्त्रिकरण र आधुनिकरण गर्न १७ करोड ८४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले बुधवार आर्थिक वर्ष ०७९।०८० को बजेट प्रस्तुत गर्दै सो बताएका हुन् ।

सरकारले कृषि प्रणालीलाई उत्पादन र उत्पादक अभिवृद्धि गर्न तथा लागत घराउनका लागि सामूहिक सहकारी कृषि प्रणाली खेतीमा जोड दिइएको छ भने खेतीयोग्य कृषि भूमि, बाँझो जग्गा, नदीबाट उकास भइ आएको जग्गा समेतलाई उपयुक्त कृषि प्रणालीको प्रयोगमार्फत खेती विस्तार गरिने र यसले कृषि बालीमा आत्मनिर्भर हुनुमा सघाउन पुग्नुकासाथै थप रोजगारी समेत सृजना हुने भएकाले कृषि क्षेत्रको व्यवसायिकरण, यान्त्रिकरण र आधुनिकरण गर्न १७ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस