अर्को मुलुकबाट विवाह गरेर आएको कम्तिमा २ वर्षपछि नागरिकता दिऔं : अध्यक्ष थापा

राजविराज, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता पाउनुपर्नेमा आफू सहमत रहेको बताएका छन् ।

विहिवार सप्तरीको राजविराजमा संचारकर्मीहरुसित कुरा गर्दै अध्यक्ष थापाले भने, ‘प्रत्येक नेपाली नागरिकले नागरिकता पाउनुपर्ने हो र जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता पाउनुपर्नेमा आफू सहमत छु ।’

तर वैवाहिक अंगीकृतको हकमा भने केही समय तोक्नुपर्ने उनले बताए । ‘अर्को मुलुकबाट विवाह गरेर आएपछि सरकारी सुविधादेखि लिएर जग्गामा पनि अधिकार लाग्नेसम्मको कानून ल्याउँदा पनि हुन्छ’ उनले भने, ‘उहाँहरुलाई दैनिक आवश्यक पर्ने सबै सुविधा दिँदा हुन्छ तर अर्को मुलुकबाट विवाह गरेर आएपछि ७ वर्ष, ५ वर्ष वा २ वर्ष केही समय तोकौं, त्यसपछि मात्र नागरिकता दिऔं भन्ने कुरामा हामी सहमत छौं ।’

अर्को प्रसङ्गमा अध्यक्ष थापाले हिन्दु राज्यको पुनःस्थापना आफ्नो पार्टीको मूल एजेन्डा भएको बताए । ‘लोकतन्त्रको आवरणमा पछिल्लो समय नेपालमा ब्रह्मलुट भइरहेको छ, भ्रष्टाचारले बिकराल रुप लिइसकेको छ र यसका कारणले जनता निरास छन्’ उनले भने, ‘राजा र राजसंस्थाप्रति सम्मान रहे पनि राजसंस्था पुनःस्थापना अब आफ्नो एजेन्डा होइन, लोकतन्त्र सहितको हिन्दु राष्ट्र आफ्नो एजेन्डा हो ।’

उनले नेपालमा बाह्य शक्तिहरुको चलखेल भइरहेको समेत बताए । चुनाव लड्न, सत्तामा पुग्न र टिक्नका लागि बाह्य शक्तिको आशीर्वाद लिने चलनका कारण अहिले ती शक्तिहरुको चलखेलमा नेपाल बढ्दो रहेको उनले आरोप लगाए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780