राजविराजमा बजाजको ‘एनएस १२५’ बाइक सार्वजनिक, कति छ मूल्य ?

राजविराज, ३० भदौ । सप्तरीको राजविराजमा बजाजको ‘एनएस १२५’ बाइक सार्वजनिक भएको छ । राजविराजका लागि आधिकारिक बिक्रेता खान अटोमोवाइल्स् एण्ड इलेक्ट्रोनिक्स प्रालिले विहिवार पल्सर सिरिजको सो बाइक सार्वजनिक गरेको हो ।

एनएस सिरिजमा सबैभन्दा कम सिसी क्षमता सो बाइक रहेता पनि लुक्स भने यसअघि बजारमा आएका ‘एनएस १६०’ र ‘एनएस २००’कै रहेको सञ्चालक कलिम खानले जानकारी दिए । ‘एनएस सिरिजमा सबैभन्दा कम सिसीको यो बाइक हो’ उनले भने, ‘लुक्स भने यसअघि बजारमा आएका ‘एनएस १६०’ र ‘एनएस २००’भन्दा फरक छैन् ।’

प्रालिका सञ्चालक खानका अनुसार अनुसार एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ । ‘दशैंको अवसरमा हामीहरुले बाइक किन्दा ७ हजारसम्म छुटको व्यवस्था गरेका छौं’ उनले भने, ‘अफरमै २५ प्रतिशत डनपेमेन्टमा बाइक खरिद गर्न पाउने व्यवस्था मिलाएका छौं ।’

सो बाइकमा टु भल्वयुक्त एयुकुल्ड इन्जिन जडान गरिएको छ भने अधिकतम पावर १२ एचपी र टर्क ११ एनएम रहेको उनले बताए । बाइकमा ५ स्पीडको गियरबक्स दिइएको छ । १२५ सीसी इन्जिनमा यति धेरै पावर र टर्क उपलब्ध गराइएका कारण बाइकको पर्फमेन्स उच्च भएको उनले दावी गरे ।

अगाडिको चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको यो बाइकको तौल १६० एनएसको तुलनामा ७ किलोग्राम मात्र कम छ भने १२ लिटर इन्धन ट्यांकी रहेको सो एनएस १२५ मा १२४.४५ सीसीको सिंगल सिलिण्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरेको उनले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस