लोसपा छाडेर एमालेमा प्रवेश गर्दै अरगरिया

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक उमाशंकर अरगरिया असोज ८ गते नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । उनले लोसपामा परिवारवाद र नातावाद हावी भएकाले आफु सो पार्टी परित्याग गर्न लागेको बताए ।

धनुषामा असोज ८ गते आयोजना हुने कार्यक्रममा उनले एमालेमा प्रवेश गर्ने निर्णय लिएको बताए । हालसम्म लोसपाबाट राजिनामा नदिएको बताउँदै अरगरियाले लोसपामा परिवारवाद हावी भएकाले एमालेमा प्रवेश गर्ने निर्णय गरिसकेको बताए ।

पार्टी छाड्नुको अन्य कारणहरु लोसपाबाट राजीनामा दिएपछि स्पष्ट पार्ने उनले बताए । नेपाली कांग्रेसबाट राजनीतिमा लागेका उनी तत्कालीन मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए । २०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा धनुषा–२ बाट निर्वाचित भएका उनी जसपा विभाजन भएपछि लोसपातिर लागेका थिए ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर २ बाट लोसपाले अरगरियाको नाम एकल सिफारिस गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस