आजबाट एमडिएमएस लागू, अबदेखि दर्ता भएको मोबाइल मात्र खरिद गर्न अनुरोध

जनकपुरधाम । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ । लामो समयदेखि कार्यान्वयनमा आउने भनिएको यो प्रणाली प्राधिकरणले बिहीबारदेखि सञ्चालनमा ल्याएको हो ।

नेपालमा अनधिकृत रूपमा वा गैरकानुनी रूपमा मोबाइल फोनहरू आयात हुने समस्यालाई नियन्त्रण गर्न एमडिएमएस लागू गरिएको प्राधिकरणले जनाएको छ । उक्त प्रणाली लागू भएसँगै वैध रूपमा आयातित मोबाइल फोनहरू मात्रै चल्छ ।

यद्यपि ३० भदौ २०७९ गतेसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट लगायत आजको मितिसम्म चालू रहेका सबै मोबाइल सेटहरू स्वतः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको छ ।

तर, ३० भदौ २०७९ पछि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणाली (https://mdms.nta.gov.np/) मा दर्ता भएको वा नभएको यकिन गरेर मात्र खरिद गर्न अनुरोध गरिएको छ ।

साथै मोबाइल आयातकर्ता तथा बिक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न समेत सूचित गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस