img img img

राष्ट्रिय बालदिवसमा वक्तृत्वकला प्रतियोगिता

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । ‘बालमैत्री समाजका आधारः जिम्मेवार परिवार उत्तरदायी सरकार’ नाराकासाथ ५८ औं राष्ट्रिय बालदिवसका अवसरमा बुधबार प्रतियोगिता आयोजना गरिएको हो ।

वडा कार्यालयद्वारा आयोजित प्रतियोगितामा वडा अन्तर्गतका विद्यालय तथा बाल क्लबका १८ जना बालबालिकाहरु सहभागी थिए । प्रतियोगितामा बजरंगबली बाल क्लबका मनिषा कुमारी मंडल प्रथम, श्री उमेश्वर आधारभूत विद्यालय लौनियाँका राम कृष्ण मंडल द्वितीय र सिद्धिदात्री बाल कल्वका कल्पना कुमारी मंडल तेश्रो तृतीय भएका छन् ।

त्यस्तै, पब्लिक माध्यमिक विद्यालय लौनियाँ, तिलाठीकी आरति कुमारी खंग र पुजा कुमारी ठाकुर तथा माँ जानकी बाल क्लबकी विनिता कुमारी मण्डल सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

वडा नम्बर २ का वडा अध्यक्ष कमल कुमार मंडलको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष अरुण कुमार मंडलका प्रमुख आतिथ्यमे आयोजित कार्यक्रममा पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीके शिक्षक चन्देश्वर खंग, उमेश्वर आधारभुत विद्यालयके प्रधानाध्यापक प्रदिप कुमार मंडल, सेभ द सप्तरीस मुकेश मण्डल, लगायतको उपस्थिती थियो । सो कार्यक्रममा बालबालिकाकाहरुलाई खेलकुद सामग्री समेत वितरण गरिएको छ ।

Author:

क्याटोगरी छान्‍नुहोस