जनकपुरधाममा सुविधा सम्पन्न क्लिनिक सञ्चालन

जनकपुरधाम – धनुषाको जनकपुरधाममा मृगौला, पत्थरी, प्रोस्टेट एवम् मुत्ररोग सम्बन्धि विरामीको उपचारका लागि एक सुविधा सम्पन्न क्लिनिक सञ्चालनमा आएको छ ।

वडा नम्वर ९ स्थित बाह्र विघा, हस्पिटल रोडदेखि संकट मोचन मन्दिर जाने बाटोमा सञ्चालन गरिएको सो क्लिनिकको एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो ।

 

सो क्लिनिकमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पूर्व प्राध्यापक एवम् युरोलोजी विभागका पूर्व प्रमुख डा.सुधिरकुमार सिंहले सेवा दिने निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झाले जानकारी दिए । उद्घाटन कार्यक्रममा जनकपुरधामका समाजसेवी, भद्रभलादमी लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस