राजविराज कारागारमा कोरोनाको कहर, ९ कैदीबन्दीसहित सप्तरीमा १५ संक्रमित थपिए

२०७७ भदौ २५

राजविराज । राजविराज कारागारका ९ जना कैदीबन्दीसहित सप्तरीमा विहिवार थप १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कारागारकै २ जना सुरक्षागार्ड पनि संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

उनकाअनुसार कारागारका संक्रमित सवै पुरुष हुन् । यसैगरी, गजेन्द्रनारायण सिंह अस्पतालका १ जना अनमी र अर्की एक जना कार्यालय सहयोगी संक्रमित थपिएका छन् । राजविराज नगरपालिकामा पनि २ जना पुरुषमा संक्रमण देखिएको छ ।

वडा नम्वर ३ र ६ का १–१ जनामा संक्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले बताए । योसहित सप्तरीमा संक्रमितको संख्या ९८९ जनाको पुगेको छ । जसमा ६८२ निको भएर घर फर्किएका छन् । हालसम्म सप्तरीमा कोरोनाबाट ८ जनाले ज्यान गुमाइसकेका छन् ।

#सप्तरी  #कोरोना भाइरस

 

Author:



क्याटोगरी छान्‍नुहोस