नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो १ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।

दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ । जनमत पार्टीले एक मन्त्री पाउनेछ ।

नागरिक उन्मुक्ति र लोसपालाई भागबन्डा गरिएको छैन ।गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले शिक्षा मन्त्रालय र श्रम मन्त्रालय पाएको छ । उपप्रधान तथा गृहमन्त्रालय यसअघि नै रवि लामिछानले पाइसकेका छन् ।

स्रोतका अनुसार रास्वपाले शिक्षा मन्त्रालयमा शिशिर खनाललाई पठाउने निर्णय गरिसकेको छ । श्रम मन्त्रालयमा भने तोक्न बाँकी छ ।

गठबन्धनबाट रास्वपाले पनि उपसभामुख पनि पाएको स्रोत बताउँछ । स्रोतका अनुसार राप्रपाले ऊर्जा मन्त्रालय, सहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाएको छ ।

राप्रपाले सरकारमा कसलाई पठाउने भन्नेबारे निर्णय गरिसकेको छैन । राष्ट्रपति र सभामुख पदमा गठबन्धनको तर्फबाट नेकपा (एमाले)का उमेदवार रहनेछन् । यी दुई पदसँगै सत्तारूढ सबैभन्दा ठूलो दल एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780