नवनियुक्त मन्त्रीहरूले लिए शपथ, यी हुन् थपिएका मन्त्री

जनकपुरधाम – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टीबाट मन्त्री भएकाहरुलाई समेटर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरूलाई शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान तथा ऊर्जामन्त्रीको शपथ लिएका छन् । यससँगै प्रचण्ड सरकारमा ४ उपप्रधानन्त्री भएका छन् ।

नेकपा माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका छन् । सुशीला श्रीपालीले भौतिक पूर्वाधार राज्यमन्त्रीको शपथ लिएकी छन् ।

नेकपा एमालेबाट डा. विमला राई पौडेल परराष्ट्र मन्त्री, पदम गिरी स्वास्थ्य मन्त्री, भगवती चौधरी महिला तथा बालबालिका मन्त्री र हरि उप्रेती रक्षा मन्त्री भएका छन् ।

राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनेका छन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस