बारा – बारा–२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । बैठकबाट सहमति भएसँगै मतगणना सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।
मतगणना भने शिक्षा तालिम केन्द्र, कलैयामा गरिनेछ। आइतबार सम्पन्न उप–निर्वाचनमा ६४ प्रतिशत मतदान खसेको थियो । मतपेटिका सङ्कलन कार्य राति नै सकिएको थियो ।