पछिल्लो २४ घण्टामा १ हजार ९११ कोरोना संक्रमित थपिए

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९११ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सोही अवधिमा ९६१ संक्रमित डिस्चार्ज भएका छन् ।

यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । त्यसैगरी, सक्रिय संक्रमितको संख्या २१ हजार ८३० जना रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १० लाख ३३ हजार ९४७ परीक्षणहरु गरिएका छन् ।

यसैगरी २४ घण्टामा जम्मा १२ हजार ४४४ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ७७ जना रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस