काठमाडौं–दक्षिण कोरियामा नेपाली कामदारको माग बढ्दै गएको भए पनि रोजगारीका लागि भाषा परीक्षामा उत्तीर्ण हुनेहरूको संख्या भने अत्यन्त न्यून देखिएको छ ।
२०२४ को सुरुदेखि नै उत्पादनमूलक क्षेत्रमा काम गर्न इच्छुक करिब १ लाख २५ हजार नेपालीले भाषा परीक्षा दिएका थिए, तर तीमध्ये केवल १३ हजार ९ सय ४ जना मात्र सफल भए । अर्थात् करिब ९० प्रतिशत अनुत्तीर्ण भएका हुन् ।
बाँकी ३६ हजार परीक्षार्थीको परीक्षा अब नोभेम्बर ११ देखि डिसेम्बर १५ सम्म सञ्चालन हुनेछ, जसमा करिब ७ प्रतिशत अर्थात् २ हजार ५ सय जना मात्रै छनौट हुने अपेक्षा गरिएको छ । यो वर्ष नेपालका लागि तोकिएको १५ हजारको कोटालाई १६ हजार ४ सयसम्म पुर्याइए पनि आवेदन दिनेको संख्या अत्यधिक भएपछि प्रतिस्पर्धा निकै कडा भएको छ ।