भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए

काठमाडौंः कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्यूत कलौनी मृत फेला परेका छन्।

शनिबार बिहान सडकपेटीमा कलौनीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट केही पर घोप्टो अवस्थामा बिहान ८ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए ।

घटनास्थल ‘सिल’ गरेर उनको मृत्युको कारणबारे अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ। अनुसन्धानका तालिमप्राप्त कुकुर मगाएको जोशीले बताए।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780