राजविराजस्थित एक गोदाममा छापामारी, २४ क्विन्टलभन्दा बढी गाँजा बरामद

राजविराज-सप्तरीको राजविराज नगरपालिका-९ मलेठस्थित एक गोदामबाट २४  क्विन्टलभन्दा गाँजा, स्याउ सहितका अबैध समान बरामद भएको  छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा पुगेको रुपनी-राजविराज सडक खण्डसँगै जोडिएको उक्त गोदामबाट २४  क्विन्टल १९.५ किलो गाँजा, स्याउ सहितका अबैध समान बरामद भएको  हो ।

गोदाम परिसरमा एक ट्रकबाट अर्को ट्रकमा स्याउ लोड भइरहँदा शंका लागेर चेकजाँच गर्दा गोदामभित्र गाँजासहितका सामग्री बरामद भएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

उनका अनुसार गोदामबाट कपडा, सुर्ती, स्यानेटरी प्याड पनि बरामद भएको । त्यस्तै, उक्त गोदामबाट दुई भारतीय नम्बर प्लेटको चार चक्के गाडी (कार र स्कारपियो) समेत बरामद भएको छ ।

उक्त गाँजासहितका समान रोशन यादवको रहेको प्रारम्भिक अनुसन्धानले देखिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

उनका अनुसार यादवलाई फोन सम्पर्क गर्दा उनी आएन ।  बरामद भएका अन्य समानको मुचुल्का तयार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780