सामाजिक क्षेत्रमा कार्यरत ‘प्रयास’ले पाए एम्वुलेन्स

राजविराज । सामाजिक क्षेत्रमा कार्यरत सप्तरीस्थित ‘प्रयास’संस्थाले एम्वुलेन्स पाएपछि थप जिम्मेवारीकासाथ अघि बढेको छ । भारतीय दुतावासले १५१ औं गान्धी जयन्तीको अवसरमा उक्त संस्थासहित ४७ वटा संस्थालाई एम्वुलेन्स र बस उपहार गरेको हो ।

‘यसअघि हामीले समाजमा रहेका समस्याहरु सामाधान गर्ने–गराउने पक्षमा कार्य गर्दै आएका थिए’ संस्थाका सचिव निरजकुमार झाले भने–‘अब जिम्मेवारी थप भएको छ, र हामी थप जिम्मेवार भएर अघि बढ्छौं ।’

विपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धासहितकालाई प्राथमिकतामा राखेर जिम्मेवारी वहन गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । उनले एम्वुलेन्स उपहार दिएको प्रति भारत सरकारलाई धन्यवाद दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस