२४ घण्टामा १ हजार ५५१ कोरोना संक्रमित थपिदा २ हजार ३४० डिस्चार्ज

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोही अवधिमा २ हजार ३४० जना डिस्चार्ज भएका हुन् ।

आजसम्म देशभर संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । हालसम्म कुल ६७ हजार ५४२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार जना रहेका छन्  ।

Author:



क्याटोगरी छान्‍नुहोस