त्यो सिके राउत र यो सिके राउत !

बिरेन्द्र केएम पत्रकार एवम् विश्लेषक

विदेशबाट नेपाल आई राजनीतिक विद्रोह गर्छु भन्दै गरेका बेला सिके राउतजीसँग ब्रोडसिट एक ३अखवारका लागि पहिलोपटक मैले अन्तरवार्ता लिएंको थिंए ।त्यतीबेला मसँग उहाँलाई चिनाउने, अन्तरवार्ताका लागि प्रेरित गर्ने, उनले लेखेका भनिएका किताबहरु दिने व्यक्ति दिपक साहजी हुनुहुन्थ्यो । उहाँ त्यतीबेला दिपकजीकै घरमा बस्नुहुन्थ्यो ।

दिपकजीकै गाडी चढ्नुहुन्थ्यो । दिपकजीसँगै हिन्नु हुन्थ्यो । राउतजीले दिपकजीलाई दाई भन्नुहुन्थ्यो । किनकी उहाँहरु इन्जिनियरिङ्ग क्लेजमा पनि सँगै पढ्नु भएको थियो ।त्यसपछि उहाँलाई दिपकजीकै आग्रहमा मैले ३राजेन्द्र महतोज्यूसँग भेटघाट गराएं, त्यसपछि काठमाडौमा मधेशी मोर्चाको सार्वजनिक कार्यक्रममा उहाँलाई वक्ता पनि बनाईयो ।त्यसको केही दिनपछि उहाँले मधेश मिडिया हाउसमा आफ्नो राजनीतिक मार्ग प्रस्तूत गर्ने एउटा कार्यक्रम राख्नुभयो । त्यहाँ हल(खाजादेखी नास्तासम्मको सम्पुर्ण हिसाबवारी पनि दिपकजीले नै गरेको देखें ।
त्यसपछि उहाँ मोरङको रङ्गेलीबाट पहिलोपटक ३गिरफ्तार हुनुभयो । दिपकजीको सुचनाका आधारमा काठमाडौंका राष्ट्रिय मिडियामा पहिलो पटक मैले नै खबर लेखें ।  त्यसपछि अड्डा(अदालतमा कयौंपटक जुत्तादेखी ब्यगसम्म दिपकजीलाई लगिदिएको पनि देखें । क्यास खर्च पनि दिएको देखें, केही वकिललाई भुक्तान गरेको पनि देखें ।

त्यसपछि तत्कालीन प्रधानमन्त्री ओलीजी मार्फत उहाँ सम्झौताद्वारा देशद्रोही मुद्दा छाडी औपचारिक राजनीतिमा आउनुभयो । त्यहाँपनि दिपकजीकै अगुवाइ र त्यतिबेलासम्म पनि उनकै गाडीमा बसेर हिडेको देखें ।

त्यसपछि उहाँ सप्तरीबाट चुनाव लड्नु भयो त्यहाँ पनि दिपकजीको आर्थिकदेखि सार्थिकसम्मका सक्रियता देखें । राउतलाई जिताउन हरेक दाउपेचमा दिपकजीलाई सक्रिय भएको देखें ।
त्यसपछि उहाँ राष्ट्रिय नेता बन्नु भयो । दुखका दिनमा मिडिया मार्फत साथ दिएका म समेत कयौं व्यक्तिलाई उहाँले बिर्सनु भयो । त्यसो त मैले कुनै आस पनि राखेको थिईन । मैले हक्काहक्की भन्थें, राउतजी त आज आउनुभयो, बिगतमा यस्ता कयौं मधेशी नेताहरुलाई हामी नजिकबाट नियालिसकेका छौं, तसर्थ यी नेताहरूबाट मलाई कुनै आस छैन ।

त्यसपछि चुनाव जितेर काठमाडौं आए लगतै उहाँले राष्ट्रिय भनिएका अन्य विभिन्न दलका प्रमुख नेताहरूका निवास धाउनु भयो । त्यो बेला पनि दिपकजीकै गाडी र घर प्रयोग भएको देखें ।
त्यसपछि बुद्धनगरमा पार्टी ओफिस खुल्यो । त्यहाँ मेरो दिपकजी र राउतजीसँग अहिलेसम्मको अन्तिम भेट भयो । उहाँहरुले मलाई जनमत ज्वाइन गर्न आग्रह गर्नुभयो तर मैले(ूमेरो भावी राजनीतिक धरातल सुनसरी भएको र त्यहाँ मधेश केन्द्रित पार्टीको राजनीति नचल्ने भएकाले म तपाईंको पार्टी ज्वाइन गर्न असमर्थ छु तर व्यक्तिगत(आपसी समन्वयमा कुनै कमि नहुने एक(अर्काबीच आदर सम्मानमा पनि कुनै कमि नहुने भन्दै जवाफ फर्काएं ।ू त्यहाँ पनि दिपकजीको सबै सक्रियता देखें ।

त्यसपछि म रास्वपा ज्वाइन गरेपछि उहाँहरुसँग उठ्बस बन्द भयो । अचानक दिपक साहजीलाई पार्टीबाट ३कारवाही गरिएको समाचारमा पढें । र आज उहाँलाई राउतजीकै नजिकका भनिएका जनमतकै कार्यकर्ताद्वारा मोसो दलिएको समाचार पढें ।

दुख लाग्यो । धेरै दुख लाग्यो । विचारको भिन्नता हुँदैमा यस्तो कार्य गलत हो । राउतजीको नेतृत्व रहेको पार्टीमा यस्तो हुनु झन गलत हो । म फेरि भन्छु त्यो सिके राउत र यो सिके राउतमा अब धेरै बदलाव भैसकेको रहेछ ।।

(प्रस्तुत अनुभव सहितको विचार चर्चित पत्रकार बिरेन्द्र केएमको फेसबुकबाट साभार गरिएको हो । सं.)

Author:



क्याटोगरी छान्‍नुहोस