राजविराज, २० साउन । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको पछिल्लो मतगणना परिणाम अनुसार अध्यक्ष पदका प्रत्यासी केदार प्रसाद यादवको प्यानलको अग्रता कायम रहेको छ ।
मङ्गलवार विहान ७ बजेको अपडेट अनुसार ३ सय मतपत्र गणना गर्दा अध्यक्ष पदमा केदार प्रसाद यादव १ सय ५० मत प्राप्त गरेका छन् । अध्यक्ष पदका प्रत्यासी उमेेश यादवले १ सय १० मत प्राप्त गरि अग्रता पछ्याएका छन् ।
यसैगरी उपाध्यक्षमा लक्ष्मण यादब १ सय ४६,
हरेराम यादव १ सय २२, उषा साह १ सय १४, राजेश्वर राय १ सय ५, सचिवमा शम्भु यादव १ सय ४५, निरज मुक्ती १ सय ३१ मत प्राप्त गरेका छन् । यसैगरी उपसचिवमा रिता चाैधरी १ सय ४६, रामेश्वर यादब १ सय ४२, राहुल मण्डल १ सय २०, दाउद हुसेन ९९ मत प्राप्त गरेका छन् ।
काेषाध्यक्ष पदमा अमरेन्द्र यादव १ सय ४८, अभिनय यादव निकु १ सय १५ मत प्राप्त गरेको जनाइएको छ ।
कुल ५ सय १८ मतदाता रहेकोमा ५ सय ४ जनाले मतदान गरेका छन् ।
श्रोत/तस्वीर : चन्दन कुमार यादव /मतगणना स्थल, राजविराज