जसपा सप्तरीको अध्यक्षमा केदार जीत नजिक

राजविराज, २० साउन । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको पछिल्लो मतगणना परिणाम अनुसार अध्यक्ष पदका प्रत्यासी केदार प्रसाद यादवको प्यानलले अग्रता कायम राख्दै जीत नजिक पुगेको छ।

मङ्गलवार विहान ८ बजेको अपडेट अनुसार ४ सय मतपत्र गणना गर्दा अध्यक्ष पदमा केदार प्रसाद यादव १ सय ८६ मत प्राप्त गरेका छन् । अध्यक्ष पदका प्रत्यासी उमेेश यादवले १ सय ५७ मत प्राप्त अग्रता पछ्याउँदै आएका छन् ।

यसैगरी उपाध्यक्षमा लक्ष्मण यादब १ सय ८८,
हरेराम यादव १ सय ७२, उषा साह १ सय ४२, राजेश्वर राय १ सय ४१, सचिवमा शम्भु यादव १ सय ८३, निरज मुक्ती १ सय ८४ मत प्राप्त गरेका छन् । यसैगरी उपसचिवमा रिता चाैधरी १ सय ८८, रामेश्वर यादब १ सय ८५, राहुल मण्डल १ सय ७१, दाउद हुसेन १ सय ३७ मत प्राप्त गरेका छन् ।
काेषाध्यक्ष पदमा अमरेन्द्र यादव १ सय ८८, अभिनय यादव निकु १ सय ६५ मत प्राप्त गरेका छन्।

कुल ५ सय १८ मतदाता रहेकोमा ५ सय ४ जनाले मतदान गरेका छन् ।

चन्दन कुमार यादव /मतगणना स्थल, राजविराज

Author:



क्याटोगरी छान्‍नुहोस