सरकारको निर्णयः नेपालमा सामाजिक सञ्जालमा प्रतिबन्ध

काठमाडौं, १९ भदौ । नेपाल सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विहीबार बसेको बैठकले सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाएको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको छ । बैठकमा मन्त्रालयका अधिकारी, नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनी तथा टेलिकमका प्रतिनिधिहरूको उपस्थिति थियो ।

मन्त्रालयमा दर्ता नभएका सबै सामाजिक सञ्जाल क्रमशः बन्द गरिने निर्णय भएकोले मन्त्रालयले सम्बन्धित कम्पनीहरूलाई पत्राचार गर्ने कार्य समेत प्रारम्भ गरिसकेको छ । यसअघि सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकरण दर्ता गराउन निर्देशन सहित बुधबार रातिसम्म सात दिनको समय दिएको थियो । उक्त अवधीमा सामाजिक सञ्जाल कम्पनीहरु सूचीकरण गराउन नआएपछि सरकारले यस्तो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस