राजविराजमा बृहत पुस्तक प्रदर्शनी सुरु

राजविराज, २० भदौ । साझा प्रकाशन राजविराजले शुक्रबारदेखि १३ दिने बृहत पुस्तक प्रदर्शनी सुरु गरेको छ।

प्रदर्शनीको उद्घाटन छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले गरे। उनले प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तक र पत्रपत्रिका पढ्ने परम्परा कमजोर बन्दै गएको भन्दै यस्ता प्रदर्शनीले पठन संस्कृतिको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रदर्शनीमा करिब २ हजार ६ सय शीर्षकअन्तर्गत १ हजार ६ सयभन्दा बढी लेखकका कृतिहरू प्रदर्शनमा राखिएको छ। असोज ३ गतेसम्म चल्ने प्रदर्शनीमा पुस्तकमा २५–४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको साझा प्रकाशन शाखा प्रमुख मनोज कुमार माझीले जानकारी दिए।

उद्घाटन कार्यक्रममा दलका नेता, पत्रकार तथा सरोकारवालाको उपस्थिति थियो।

Author:



क्याटोगरी छान्‍नुहोस