सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–१, हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा महोत्तरीकाे सोनमा गाउँपालिका–६ की ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्। बुधवार बिहान करिब ९:२० बजे माटो खन्ने क्रममा उनीहरू ढिस्कोमा पुरिएकाे जनाइएकाे छ ।
प्रहरी चौकी हरिपुर्वाबाट खटिएको टोलीले उद्धार गरी घाइतेहरूलाई प्रादेशिक अस्पताल मलंगवा पुर्याएको थियो। तर, अस्पतालले उनीहरु चारै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी सहप्रवक्ता तथा इन्स्पेक्टर बलिस्टर सिंहले जानकारी दिएका छन् ।