मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार मधेश प्रदेशसभा बैठकमा राजीनामा दिएका छन्।

प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिने निर्णय गरेको घोषणा गरेका हुन्। प्रदेश सभा बैठकमा विश्वासको मत लिने विषयमा छलफल भइरहेको थियो। मुख्यमन्त्री सिंहको राजीनामाले विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको छ। राजिनामाबारे सभामुख रामचन्द्र मण्डलले बैठकमा जानकारी गराएका छन्।

सिंहको राजीनामा पछि प्रदेशमा नयाँ सरकारको गठनको प्रक्रिया सुरु हुनेछ। यस घटनाक्रमले प्रदेशमा राजनीतिक स्थिरता र नेतृत्व परिवर्तनको दिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस