कामचलाउ मुख्यमन्त्री सिंह सहित दुई जनाले गरे जनस्वराजमा हस्ताक्षर

जनकपुरधाम । मधेश प्रदेशका कामचलाउ मुख्यमन्त्री सहित दुई जना प्रदेश सभासदस्यले जनमत पार्टीबाट विद्रोह गर्दै जनस्वराज पार्टी रोजेका छन् ।

प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र प्रदेशसभा सदस्य त्रिभुवन साहले जनस्वराज पार्टीमा जाने निर्णयमा हस्ताक्षर गरेका हुन् । उनीहरु दुवै नेता डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट निर्वाचित भएका थिए । सिंह हाल कामचलाउ मुख्यमन्त्री हुन् भने साह यस अघि सिंहकै नेतृत्वको सरकारमा मन्त्री थिए । मन्त्री पदबाट हटाएयता उनी असन्तुष्ट रहँदैआएका थिए ।

बुधबारै बिहान लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ६ दलका ५७ सांसदको समर्थनसहित सरकार गठनको दाबी प्रदेश प्रमुख समक्ष पेश गरेको थियो । अब दुबैजना जनस्वराजमा गएका कारण सरकार गठनमा असर पर्ने अवस्था श्रृजना भएको छ ।

सिंह र साह जनस्वराजको पक्षमा हस्ताक्षर गर्न जाने क्रममा जनमतका कार्यकर्ताहरुले नाराबाजी गर्दै  लखेटेका छन् । मुख्यमन्त्री सिंह चढेको गाडीमा उनीहरुले आक्रमणको प्रयास समेत गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस