जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार सोनलले विहीबार पदभार ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट जनमत संसदीय दलका नेता महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिष पटेलले विनाविभागीय मन्त्रीको गोपनियताको सपथ ग्रहण गरेका हुन् । दुवैजनालाई नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको सिफारिसमा भण्डारीद्वारा मन्त्री नियुक्त गरिएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको नेतृत्वमा गठन भएको नयाँ सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादी सहभागी भएका छन् । पदभार ग्रहण लगतै मुख्यमन्त्री सोनलले जनकपुरधामको मुजेलिया स्थित शहिद गेट पुगेर शहिदहरुप्रति सम्मान प्रकट गर्दै माल्यार्पण गरेका छन् ।
पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मुख्यमन्त्री सोननले हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता दिनुका साथै जनभावना अनरुप काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।