आजदेखि सुनको मूल्य प्रति तौला २ लाख ५८ हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा तोलामा ७ हजार १ सय रुपैयाँले बढी हो।

अघिल्लो दिन सुनको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो। पछिल्लो एक महिनामा मात्रै सुनको भाउ करिब ४३ हजार रुपैयाँले बढेको महासंघले जनाएको छ। भदौ ३० गते सुन प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र रूपमा बढ्दै गएपछि त्यसको सीधा प्रभाव नेपाली बजारमा परेको हो। हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ। एक औंस बराबर २.४३ तोला हुन्छ।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी महँगिएको छ। अघिल्लो दिन ३ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३ हजार ३५० रुपैयाँ पुगेको छ। सुन र चाँदी दुबैको मूल्यमा निरन्तर वृद्धि हुँदा बजारमा चहलपहल बढेको व्यापारीहरूको भनाइ छ।

Author:



क्याटोगरी छान्‍नुहोस