भारतमा कोरोना संक्रमितको संख्या ७० लाख ५३ हजार

जनकपुरधाम, २६ असोज । भारतमा पछिल्लो २४ घण्टामा भारतमा ७४ हजार ३८३ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ७० लाख ५३ हजार ८०६ पुगेको छ ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ९१८ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यता, विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७१ लाख ९ हजार ८५१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ४७ हजार ५२६ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ७० हजार ३५५ संक्रमितको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार