राष्ट्रियसभाको निर्वाचन माघ ११ मा : १८ निर्वाचित हुने, एक मनोनीत

काठमाडौँ । आगामी फागुन २० गते कार्यकाल सकिन लागेका राष्ट्रियसभाका १९ सदस्यका लागि माघ ११ गते निर्वाचन हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले उक्त निर्वाचन मिति तोकेको हो।

कार्यकाल सकिन लागेका सदस्यहरूमा नेकपा (एमाले)का ८, नेकपा (माओवादी केन्द्र)का ७, नेकपा (एकीकृत समाजवादी)का १, हुलोकतान्त्रिक समाजवादी पार्टीका १, जनता समाजवादी पार्टीका १ र एक जना राष्ट्रपतिद्वारा मनोनीत सदस्य छन्।

एमालेतर्फबाट कोशी प्रदेशकी इन्दिरादेवी गौतम, लुम्बिनी प्रदेशका गोपाल भट्टराई, मधेश प्रदेशकी तुलसाकुमारी दाहाल, कोशी प्रदेशका देवेन्द्र दाहाल, गण्डकी प्रदेशकी भागवती न्यौपाने, लुम्बिनी प्रदेशकी विमला घिमिरे, सुदूरपश्चिम प्रदेशकी शारदादेवी भट्ट र कर्णाली प्रदेशकी सुमित्रा बिसीको कार्यकाल समाप्त हुँदैछ।
माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलबासे, जगप्रसाद शर्मा, तारामान स्वार, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवानको कार्यकाल पनि सकिँदैछ। एकीकृत समाजवादीका डा. बेदुराम भुसाल, लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह, जनता समाजवादी पार्टीका मृगेन्द्रसिंह यादव र राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमको कार्यकाल पनि समाप्त हुँदैछ।

निर्वाचन आयोगले १८ सदस्य निर्वाचनमार्फत र एक जना सदस्य राष्ट्रपतिद्वारा मनोनीत हुने व्यवस्था रहेको जनाएको छ। निर्वाचनका लागि आयोगले तयारी सुरु गरिसकेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस