राेशन जनकपुरी
(१)
बक्यौता बिजुली बिल न तिरेको उद्योगको विद्युत लाइन काट्नु सही हो । उद्योगपतिहरूले उद्योग बन्द गरेर र मजदुरहरुलाई बिदामा पठाएर सरकार माथी दबाव सृजना गर्न चाहन्छ । उनीहरू राज्यसत्ता माथी वर्चस्व कायम राख्न चाहन्छन् । राज्यले घुँडा टेक्नु हुन्न। बरु राज्यले उद्योग बन्द गर्ने उद्योगीहरुसँग

चाभी लिएर उद्योगको स्वामित्व राज्यको मातहतमा लिनु पर्छ र आफ्नो निगरानीमा सामूहिक रुपमा मजदुरहरुको हातमा उद्योग सुम्पीदिनु पर्छ।
घाटा राज्यलाई मात्र छैन उद्योगपतिलाई पनि छ । सरकारी राजस्व न तिरेर उद्योगपतिहरुले अपराध गरेकै थिए, मजदुरहरुलाई बिदामा पठाएर दोहोरो अपराध गरिरहेका छन् । राज्यले यस्तो उद्योगपतिलाई कानुनको कठघरामा उभ्याउन सक्नुपर्छ। म चरित्रगत् रुपमा यस सरकारको आलोचक हुँ । तर ऊर्जा मन्त्री कुलमान घिसिङको यस कदमको समर्थनमा छु। के राज्यले अटेरी गर्ने उद्योगपतिहरू माथी लगाम कस्ने साहस गर्न सक्छ ? हेर्न बाँकी छ ।
(२)
त्यसरी नै एउटा धागो उद्योगले तीनहजार मजदुरहरुलाई बिदामा पठाउनु मजदुरको हित विपरीत हो । यसको उपाय खोजिएन भने अन्य अटेरी उद्योगपतिले पनि सरकारमाथी दबाव सृजना गर्न यही तरिका अपनाउन सक्छन्। त्यसैले मजदुर वर्गपनि आफ्नो हितको निम्ति सक्रिय हुन आवश्यक छ । यस्तो स्थितिमा एकजुट हुनु र आवश्यक पर्यो भने उद्योग धन्दा आफ्नो हातमा लिएर संचालन गर्ने विकल्प रोज्ने साहस गर्न सक्नु पर्छ। उनिहरुले उद्योगपति र सरकार दुबैमाथी दबाव बनाउन सक्नु पर्छ।
यो राज्य उद्योगपति र सत्ताधारी वर्गको मात्र होइन, मजदुर वर्गको पनि हो। यो सारा चकचकी र झिलिमिली मजदुरहरुको श्रम कै कारण हो । राज्यसँगको विवादमा मजदुरहरुलाई उद्योगपतिहरूले हतियारको रुपमा प्रयोग गर्न चाहन्छन्। अचम्म छ, आफुलाई मजदुर, किसान र श्रमजीवि वर्गको प्रतिनिधि भन्ने राजनीतिक दलहरु र संगठनहरु उदासीन छन्। यसले उनीहरु सत्ताका लोभी हुन् , सत्ता सामू वर्गीय विचार उनीहरुको निम्ति महत्वहीन विषय हो भन्ने देखाउँछ।
(३)
जहाँसम्म वर्गीय प्रतिनिधित्वको प्रश्न छ, नेपालमा राजनीतिमा मजदुर, किसान र निम्न पुँजीपति वर्गको प्रतिनिधित्व यथार्थमा कतै देखिदैन। त्यसैले उनीहरुले आफुलाई राजनीतिकरुपमा नयाँ किसिमले संगठित गर्नुपर्ने आवश्यकता छ। देश एउटा संक्रमण छ । सत्तामा चहलपहल गर्नेहरु मध्यमवर्ग र एलिट क्लासका प्रतिनिधिहरु हुन् र आ आफ्नो स्वार्थ सिद्धिमा लागेका छन्। यसै कारण मजदुर, किसान र सम्पूर्ण श्रमजीवि वर्गले आफ्ना सबै पुराना राजनीतिक सम्बन्ध विच्छेद गरेर राज्यसत्तामा वर्ग समानुपातिकताको आधारमा आर्थिक र राजनीतिक हिस्सेदारीको निम्ति एकजुट हुन आवश्यक छ । विचार गरौँ। (विश्लेषक जनकपुरीद्वारा फेसबुकमा व्यक्त विचार ) सं.