पेट्रोल २ र डिजेल ३ रुपैयाँले महँगियो, आज रातिदेखि लागू

२९ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँले मूल्य बढाइएको छ। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।

निगमका अनुसार भारतीय आयल निगमबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४५ पैसा र डिजेल ६ रुपैयाँ ५३ पैसा महँगिएको थियो। तर उपभोक्तालाई पर्ने भार कम गर्न निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मात्र बढाउने निर्णय गरेको निगमको विज्ञप्तिमा उल्लेख छ।

Author:



क्याटोगरी छान्‍नुहोस