मधेश प्रदेश सरकारका मन्त्रीहरुको नयाँ कार्यविभाजन 

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सोमबार मन्त्रीहरुको जिम्मेवारी तोकेको छ ।

संविधानको धारा १६६ को उपधारा (९) बमोजिम कार्तिक २३ गते नियुक्त मन्त्रीहरूको जिम्मेवारी मङ्सिर ८ गतेदेखि लागु हुने गरी नयाँ कार्यविभाजन गरिएको हो । प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार मुख्यमन्त्री यादवले भौतिक पूर्वाधार विकास, कृषि तथा भूमि व्यवस्था, उद्योग–वाणिज्य–पर्यटन, शिक्षा–संस्कृति, स्वास्थ्य–जनसंख्या, अर्थ, खेलकुद–सामाजिक कल्याण तथा श्रम–यातायातसहित ९ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमा लखन दास तत्मा, गृह, सञ्चार तथा कानून मन्त्रालयमा विमला अन्सारी तरन्नुम, वन तथा वातावरण मन्त्रालयमा कञ्चन बिच्छाले जिम्मेवारी पाएका छन् । प्रदेश प्रमुख कार्यालयका निमित  सचिव शत्रुघन यादवद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार कार्यविभाजन तत्काल लागू हुने उल्लेख गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस